भदौ २१ पछि दशैँका लागि नयाँ नोट साट्न पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 05:52:34 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्षको दशैँका लागि नयाँ नोट भदौ अन्तिम हप्तादेखि साट्न पाईने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट भदौ २१ गतेपछि साट्न सकिने गरी व्यवस्था मिलाउन लागिएको जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार भदौ २१ पछि नयाँ नोट साट्न मिल्ने गरी तयारी गरिरहेको भएपनि कुन मितिबाट सटही सविधा दिने भन्ने तय भईसकेको छैन ।

यस वर्ष नयाँ नोटको उपलब्धता सहज हुने दाबी उनको छ । स्टक प्रयाप्त रहेकाले नयाँ नोट पाइँदैन कि भन्ने अवस्था नरहेको उनले बताए ।

भदौ दोस्रो सातासम्म रहने स्टकका आधारमा प्रतिव्यक्ति कतिसम्म सटही सुविधा दिने भन्ने तय हुने नेपालको भनाई छ । यसका लागि राष्ट्र बैंकले सूचना नै प्रकाशित गर्नेछ ।

गत वर्षको दशैँमा राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नोट सटहीको व्यवस्था मिलाएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved