दशैँका लागि असोज १ गतेबाट सहुलियत पसल, जिउँदो खसी किलोमै १० रुपैयाँ सस्तो पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 05:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज १ गतेदेखि दशैँ, तिहार लक्षित सहुलियत पसल सञ्चालन हुने भएका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले असोज १ गतेदेखि ४५ दिन अर्थात् छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सहुलियत पसलमा चामल, चिउरा, दाल, तेल, गेडागुडी, मैदा, आटा, नुन, चीनि, घ्यु, जिउँदा खसीबोका र च्यांग्रा उपलब्ध हुनेछन् । 

यस्ता पसलमा बस्तु अनुसार २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाइने छ ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा र मैदामा प्रतिकिलो तथा प्रतिलिटरमा ७ रुपैयाँ छुट पाइने छ । कर्णालीको सीमी तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदा खसी बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट पाईने छ ।

नुन किलोमा २ रुपैयाँ, घिउ किलोमा ५० रुपैयाँ, पनिर र चिजमा प्रतिकिलो २०–२० रुपैयाँ छुट पाइने छ । 

दशैँको घटस्थापनादेखि तिहारसम्म दहीमा प्रतिलिटरमा १० रुपैयाँ छुट पाइने छ । 

यस्ता पसलहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनीले रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने छ ।

उपत्यका बाहिर साल्ट ट्रेडिङले खाद्य र दुग्ध विकास संस्थानसँग मिलेर ३८ स्थानमा सहुलियत पसल सञचालन गर्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved