फोर्स मोटर्सको दशैँ तिहार अफरः नगद छुटदेखि स्मार्ट फोनसम्म उपहार पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 06:13:31 PM मा प्रकाशित

laxmi  sunrise bank

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय  अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली.ले दशैँ र तिहारको अवसरमा ग्राहक वर्गलाई ध्यानमा राखी कुनै पनि गाडीको खरीदमा भरमार उपहारको वर्षा लिएर आएको छ । 

जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ । यस अफर आजको मितिदेखि लागु भई छट पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागु हुनेछ ।

बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ । 

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैहिृधारा, पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत फोर्स मोटरका गाडीहरु बिक्री वितरणमा ल्याईरहेको छ । 

ग्राहकले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्नुहुनेछ । साथै यी सम्पुर्ण शोरुममा गएर थ्री–एस (सेल्स, सर्भिस स्पेयरपार्टस्) सहित को सुविधा लिन सक्नेछन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved