दशैँका लागि असोज १ बाट टिकट बुकिङ खुल्ने, घटस्थापनादेखि जुन रुटका गाडी जता चलाए पनि पाइँने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 05:54:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बडा दशैँलाई लक्षित गरेर असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी सहितको बैठकले असोज १ गतेबाट अग्रिम टिकट खुलाउने निर्णय गरेको हो । 

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खुलाउँदा सकेसम्म अनलाइन बुकिङको प्रवन्ध मिलाउने र अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरूले छुट वा सहुलियतसमेत प्रदान गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय सहासघंका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

मुख्य सडकलाई मर्मत सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । 

असोज १५ गतेदेखि २२ गतेसम्म खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ठूला सवारीसाधनहरू नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालनमा रोक लगाइने भएको छ । 

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने छ । अर्थात्, हाल एउटा रुटमा चलिरहेका सवारी साधनहरु उक्त अवधिमा भने देशभर चल्न पाउने छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved