९ प्रतिशत व्याज मै जावाको बाइक, ज्याकेट र हेल्मेट निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 02:31:13 PM मा प्रकाशित

laxmi  sunrise bank

जावा नेपालले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले ९ प्रतिशत व्याजदरमा जवाका बाइक किन्न सकिने अफर ल्याएको हो ।

फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेजसँगको सहकार्यमा यो सुविधा ल्याइएको र सजिलो फाइनान्सिङ तथा न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना जावा खरिद गर्न सक्ने कम्पनीले  जनाएको छ। कम्पनीका अनुसार हरेक जावा बाइकको खरिदमा निःशुल्क “प्रोफेशनल राइडिङ ज्याकेट” र निःशुल्क “हेल्मेट" पनि प्राप्त गर्न सकिने छ।

कम्पनीले गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित “इजी एक्सचेन्ज" सुविधा पनि उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।  

जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । 

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले भित्राएको हो । आग्नि माटो इन्क प्रा लि अग्नि ग्रुप अन्तर्गत स्थपित सहसंस्था हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved