हुन्डाईको दशैँ अफर: गाडी किन्दा साढे ६ लाखसम्मको नगद छुट, १ वर्ष निःशुल्क बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 05:36:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै चाडपर्व योजना ल्याएको छ । कम्पनीले  हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ल्याएको हो  ।

कम्पनीका अनुसार यो योजना भाद्र ३० गते देखि सुरु भएको छ ।  यस योजना अन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १५०,००० सम्मको नगद छुट पनि पाउन सक्ने कम्पनीले जनाएको छ। साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved