दशैँका लागि सेनाको निःशुल्क बस र हवाई सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 05:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले दशैँ लक्षित निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको छ । दशैँमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारका लागि सेनाले निःशुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको हो ।

सडक सञ्जालले जोडिएका जिल्लाहरुसम्म बसमार्फत् निःशुल्क सेवा दिने र सडक सञ्जाल नभएका ठाउँहरुमा निःशुल्क हवाई सेवा दिने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

सेनाका अनुसार भदौ २९ गतेबाट सुरु भएको निःशुल्क हवाई सेवामार्फत् १३४ जनालाई गन्तव्यमा पुर्‍याइएको छ । बस सेवा भने असोज ४ गतेबाट सुरु गरिने भएको छ । 

सैनिक कल्याणकारी सेवा अन्तर्गत यो सुविधा उपलब्ध हो । सेनाले हरेक वर्ष यो सेवा उपलब्ध गराउँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved