दशैँमा डेंगीको जोखिम बढ्छ, कसरी बच्ने ? डा. शेरबहादुर पुनको टिप्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 10:02:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एकातिर दशैँ तिहार जस्ता चाडपर्व नजिकिएका छन् भने, अर्कोतर्फ डेंगी रोगको संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकासहित देशैभर डेंगी फैलिरहेको छ । कम्तीमा असोज अन्तिमसम्म डेंगी फैलने क्रम नरोकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान छ ।

यसपाली डेंगी रोक प्रकोपकै रुपमा फैलिएको छ । सन् २०१९ पछि डेंगीले प्रकोपको रुप लिएको यसपाली मात्रै हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अरु सामान्य ज्वरोभन्दा फरक खालको ज्वरो आउने भएकाले डेंगी संक्रमण भएको हुन सक्ने अनुमान गर्न सकिने बताउँछन् । 

ज्वरो, शरीरका मांशापेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने र वाकवाकी लाग्ने डेंगीका मुख्य लक्षण भएको डा. पुनको भनाई छ । उनका अनुसार डेंगी संक्रमण हुँदा कसैकसैमा पखाला पनि लाग्छ । 

तर, यो रोगक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । 

डेंगी फैलाउने लामखुट्टेले सामान्यतया ८ दिनदेखि १२्र दिनसम्ममा संक्रमण सार्न सक्छ । प्रजनन् अवधिमा यस्तो लामखुट्टेलाई धेरै प्रोटिन चाहिने भएकाले एउटै लामखुट्टेले धेरै मानिसलाई टोक्ने गर्छ । त्यसैले एउटै लामखुट्टेले धेरै जनालाई डेंगी सार्न सक्ने डा. पुनको भनाई छ ।

डेंगी संक्रमण गराउने ४ खालका भाइरसहरु हुन्छन् । डीईएनवी १, डीईएनवी २, डीईएनवी ३ र डीईएनवी ४ । त्यसैले यी ४ खालका भाइरसहरु मध्ये कुनै एक भाइरस मार्फत एक पटक संक्रमित भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमित हुँदैन ।

तर, सेरोटाइप फरक भएर डेंगी पुनः फैलिएमा दोहोरिन सक्छ । दोहोरिँदा झन कडा लक्षण देखिन्छ । 

दशैँका समयमा तुलनात्मक रुपमा अरु समयमा भन्दा मानिसहरुको चहलपहल बढ्छ । चहलपहलसँगै घरबाट निस्कने फोहोर पनि बढ्छ । त्यस्तो फोहोरमा लामखुट्टे बस्ने जोखिम हुन्छ ।

त्यसैले डा. पुनले दशैँको समयमा सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन् । दशैँको समयमा घर वरपर सरसफाई गर्ने, पानी जम्न नदिने, साना साना खाल्डाखुल्डी छन् भने पुर्ने लगायतका उपाय अपनाईयो भने डेंगी संक्रमण हुनबाट बच्न सकिने डा. पुनका सुझाव छन् । यसको मुख्य उपाय चाहिँ पूरै बाहुला भएका कपडा लगाउने र झुलभित्र मात्रै सुत्ने हो । 

त्यति मात्रै नभइ, यदि संक्रमण भएको शंका लागेमा वा संक्रमण पुष्टि भएमा जस्तै ‘पेन किलर’ जस्ता नखान र झोलिलो खानेकुरा र जीवनजल पानीमा जोड गर्न डा. पुनले सुझाएका छन् । पेन किलर जस्ता औषधिले नाक र आँखासहित अन्य भित्री अंगमा यस्तो बेला समस्या पार्न सक्ने भएकाले झोलिलो खानेकुरामा बल गर्नु उचित्त हुने डा. पुनको सुझाव छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved