सहारा एपको ‘चाडपर्व अफर’, स्कुटरदेखि फ्रिज जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 12:06:22 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’  ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर ल्याईएको अफरमा इलेक्ट्री स्कुटर,  फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वासीङ मेसिनसम्म जित्न सकिने कम्पनीले जनाएको छ।

त्यसका साथै नगद उपहार पनि जित्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढि रहन्छ । सबै उपहारहरु छठ पर्व पछि प्रदान गरिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । 

अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ ।  यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको र यो अफर योजना अवधि छठ सम्म रहेको कम्पनीले जनाएको छ ।

साथै अहिले कम्पनिले निशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ राइडरले फाइदा लिन सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved