दशैँमा नयाँ नोटको सुरक्षा कसरी गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 12:28:41 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले गत असोज २ गतेदेखि दशैँको लागि नयाँ नोट सटही गरिरहेका छन् । राष्ट्र बैंकले हरेक वर्ष दशैँको समयमा नयाँ नोटको सटहीको ब्यबस्था मिलाउने गरेको छ ।

राष्ट्र बैंकले नयाँ नोट सटही गरेर बजारमा पठाउने भएपनि ति नोट पुन: बैंकिंग प्रणालीमा आउँदा सोहि अवस्थामा आउदैन । सोहि कारण राष्ट्र बैंकले नोटको जतन गर्न पनि आग्रह गर्ने गरेको छ । 

पुजाआजादेखि दक्षिणाको लागि पनि नयाँ नोट कै प्रयोग गरिन्छ । यसो हुँदा नयाँ नोट अबिर लगायतको रंगले लतपत हुने,पानी तथा दुधले भिजेर च्यातिने अथवा फोहोर हुने गर्दछ ।  यसरी नोट फोहोर वा झुत्रो हुँदा देशलाई मोटो रकम नोक्सान हुन्छ ।  नेपाल राष्ट्र बैंकले वर्षमा २ देखि ३ अर्ब रुपैयाँ नोट छपाईमा खर्च गर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार १ हजार रुपैयाँको नोट छाप्न ३ रुपैयाँ ३७ पैसा र ५ रुपैयाँको नोट छाप्न करिब २ रुपैयाँ लागत पर्न आउंछ । औषतमा भने एउटा नोट छाप्न २.५० रुपैयाँ खर्च लाग्छ ।

नोटलाई सुरक्षित तरिकाबाट प्रयोग गर्ने हो भने ठूला दरको नोट ७ देखि ८ वर्ष र साना दरको नोट ४ देखि ५ वर्षसम्म टिक्छ ।

नोटलाई सुरक्षित कसरी राख्ने ?

-पुजाआजामा सिक्काको प्रयोग गर्ने 

विभिन्न पुजाआजामा नेपालीले पैसाको प्रयोग गर्ने गर्दछन् । यसरी पैसा चढाउँन कागजी पैसा पनि चढाउँने गर्दछन्, यसरी कागजी पैसा चढाउँदा रंगले लतपत हुने,पानी तथा दुधले भिजेर च्यातिने अथवा फोहोर हुने गर्दछ । त्यस कारण सिक्का पैसा प्रयोग गर्नु उचित हुने गर्दछ ।

-खामभित्र हालेर दक्षिणा दिने

टिका लगाएर दक्षिणा दिँदा नोटमात्रै नदिई खाम लगाएर दिए नोटको सुरक्षा हुने गर्दछ । खाम भित्र हालेर दिँदा नोटमा अक्षेता वा अविर लतपत हुन पाउदैन ।

-थैली र पटुकामा नराख्ने

पैसालाई थैली वा पटुकामा राख्ने चलन प्राय गाउँघर तिर बढी छ । यसरी पटुकामा पैसा राख्दा नोट खुम्चिने,मुजा पर्ने गर्दछ त्यस कारण थैली वा पटुकामा नराखी नोटलाई नखुम्चिने गरी पर्समा राख्नु पर्दछ ।

- नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाउने,

- नोट माथि केरमेट नगर्ने,

-  नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने,

- कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्ने

-टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्य नगर्ने 


नोट झुत्रो भए के हुन्छ ?

सफा नोटको नीति लिएको राष्ट्र बैंकले यसअघि नै पटकपटक बैंक तथा वित्तीय संस्थाहरुलाई छानेर राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिइसकेको छ । जसअनुसार चलन चल्तीमा पठाउन नमिल्ने नोटहरुमा बैंकहरुले रातो ट्याग लगाएर राष्ट्र बैंकलाई पठाउनुपर्छ । र, त्यस्ता नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट पार्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved