जीवन चक्रसँगै बद्लियो उमेशलालको दशैँ योजना र अनुभव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 12:50:53 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ नजिकिएसँगै घुमफिरका योजना बनाउनेहरु पनि बढेका छन् । कोही पदयात्रा त कोही साहसिक खेलका योजना बनाउन थालिसकेका छन् । सँगै, कोही कोही भने परिवार वा साथीभाइसँग नयाँ गन्तव्यमा पुग्ने योजनामा पनि हुन सक्छन् ।

यसपाली नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु परिवारसँगै रम्ने योजनामा देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको योजना के छ ?

पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ यसपटक महासंघको वरिष्ठ उपाध्यक्षको दौडमा छन् । महासंघको आन्तरिक मामिलामा चतुर खेलाडीका रुपमा लिइने पूर्व अध्यक्ष चण्डीराज ढकालको समर्थन भएकाले उमेशलाल बलिया दाबेदार पनि कहलिन्छन् । यसको अर्थ अरु दाबेदार काविल छैनन् भन्न खोजिएको होइन ।

राजनीतिक परिवार (पुष्पलाल श्रेष्ठ र साहना प्रधानका सुपुत्र)मा जन्मिएको व्यक्ति भएर पनि उनी नेपालकै ठूलो औषधि उद्योगका मालिक भएर बसेका छन् । यसपालीको दशैँमा उनको खासै घुमफिरको योजना छैन । बिजपाटीसँगको कुराकानीमा उनले बालखमा गरेको रमाइलाका केही किस्सा पनि सुनाए । उमेर अनुसार चाडपर्वको रौनकता फरक पर्दै जाने उनको बुझाइ छ ।

बच्चा बेलामा खसी डोहोर्याएर हिडेको, कुखुराको भाले च्यापेर दौडिएको, चंगा उडाएको सबै स्मरणमा ताजै छन् भन्छन् उमेशलाल श्रेष्ठ । अब भने उनले दशैँलाई परिवारका सदस्यसँग रम्ने, हासखेल गर्ने र आराम गर्ने समयका रुपमा लिएका छन् ।

‘स्कुल पढ्दा १ महिना लामो छुट्टि पनि पुग्दैनथ्यो, त्यो बेलाको रौनक नै अर्कै हुन्थ्यो’ उमेशलाल स्मरण गर्छन्, ‘त्यो जमानामा अघिपछि मासु कम खाइने भएकाले दशैँमा विशेष हुन्थ्यो, त्यतिबेला नवरथा जान्थ्यौ, रमाउँथ्यौ । अहिले त परिवारसँग बस्ने मात्रै योजना छ ।’

उनले घटस्थापनापछि आफू प्रायजसो दशैँमा विदेशका काम सकेर सप्तमी वा अष्टमीको दिनमा मात्रै फर्किने गरेको विगत पनि सम्झिए । तर, माताको देहावसानपछि उनी त्यसरी दशैँको छेको पारेर विदेश जान छोडेका छन् ।

‘दशैँमा यता मात्रै बिदा हुने भएकाले यो बीचमा काम सकेर फर्किउँ न त भनेर दुई चार दिनको लागि जान्थे, अहिले छोडेका छौँ’ उनी भन्छन्, ‘नेपालका गन्तव्य भने म प्लान गरेर घुमेको छैन । पूर्वमा इलाम असाध्यै मन पर्छ । त्यहाँ अहिले पुगेँ भने पनि अन्तु डाँडामा एक रात बसेर मात्रै फर्किन्छु । बर्दिया र कोसी टाप्पु उत्तिकै मन पर्छ । पोखरा जति पटक पुगेपनि रौनकता कम देख्दिँन ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved