दशैँमा काठमाडौँमा ७७ सय प्रहरी खटाइने, नाकामा तालिमप्राप्त कुकुर पनि परिचालन गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 02:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन काठमाडौँ उपत्यकामा ७ हजार ७ सय ५८ जना प्रहरी खटाइने भएको छ । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकामा ७ हजार ७ सय ५८ जना प्रहरी खटाउने भएको हो । 

झैझगडा, चोरी, ठगी तथा जुवातास नियन्त्रणका लागि आवश्यकताका आधारमा यसबाहेक थप सुरक्षाकर्मी पनि परिचालन गर्न सकिने काठमडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी गराएको छ । 

काठमाडौँ, भक्तपुर र ललितपुरमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीसँगै सादा पोशाकका प्रहरी खटाइने छ । 

त्यस्तै, नागढुङ्गा, फर्पिङ र भक्तपूरको जगाती चेक प्वाईन्ट सहितका केही नाका र व्यापारिक स्थानमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिनेछ । 

प्रहरीले यातायात सुरक्षालाई पनि प्राथमिकतामा राखिएको बताएको छ । 

सँगै, दशैँमा मानिसहरु बाहिरिने भएकाले काठमाडौँ उपत्यकामा भीडभाड कम हुने भएकाले मानिसको चाप कम भए पनि चोरी लगायतका घटना हुन सक्ने भएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरीले जनाएको छ । 

मोबाईल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोशाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाईन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ । 

उपत्यकाबाट बाहिरिने यात्रुलाई लक्षित गरी १४ स्थानमा यात्रु सहायत कक्ष र ३५ स्थानमा सवारी जाँचको व्यवस्था गरिएको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालका अनुसार नागढुङ्गा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved