दशैँ परिवारसँगै मनाउँछु, दशैँपछि जिल्ला जिल्लाको भ्रमणमा निस्कन्छुः दिनेश श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 09:28:34 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी व्यवसायीहरु तुलनात्मक रुपमा व्यस्त हुन्छन् नै । सँगै, उनीहरुले अरु पेशा व्यवसायमा संलग्न व्यक्तिहरुले जसरी परिवारलाई समय दिन पनि सकिरहेका हुँदैनन् । 

त्यसैले यसपालीको बडादशैँमा उद्योगी व्यवसायीहरुले परिवार र आफन्तजनसँग रम्ने योजना बनाएका छन् ।

हामीले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार दशैँमा के गर्दैछन् भन्ने श्रृङ्खला सुरु गरेका छौँ । श्रृङ्खलामा दिनेश श्रेष्ठः

हाल महासंघको जिल्ला नगरतर्फबाट उपाध्यक्ष रहेका दिनेश श्रेष्ठ आउँदो चैतमा हुने महासंघको चुनावी साधारसभामा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने दौडमा छन् । जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा राम्रो पहुँच राख्ने उनी ५० प्रतिशत मतभार रहने जिल्ला नगरमा भएको आफ्नो राम्रो पहुँचलाई चुनावमा प्रयोग गर्न चाहन्छन् ।

साना तथा मझौला व्यवसायीको समर्थनमा वकालत गर्ने श्रेष्ठ दशैँमा कतै बाहिर जाने योजनामा भने छैनन् । तर, व्यवसायीका समस्या बुझ्न सजिलो हुने गरी अहिले साधारणसभा चलिरहेका ठाउँहरुमा पुग्दै आएको र दशैँ अगाडीसम्मै विभिन्न जिल्ला र नगरको भ्रमण जारी रहने उनको भनाई छ ।

‘देशभित्र जिल्ला नगरको साधारणसभामा भाग लिन गइरहकै छु, दशैँमा कतै घुम्न जाने योजना छैन’ उनले भने, ‘हाम्रो नेवारी कल्चर अनुसार ३ दिन पूरै पूजाआजामै जान्छ, सबै आफैँले गर्नुपर्छ । त्यसैले बाहिर जाने फुर्सद पनि मिल्दैन । त्यसैले अहिले नै जिल्ला नगरहरुमा जतिसक्दो चाँडो पुग्ने कोशिस भइरहेको छ ।’

उनले दशैँ र तिहार पछि भने आफू एकपटक देशभरी घुमफिरमा निस्कने बताएका छन् । उनको संकेत निर्वाचित लक्षित भ्रमण पनि हुन सक्छ ।

सँगै, दशैँ भनेको ठूलाबडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई शुभाशिर्वाद दिने चाड भएकाले पारिवारिक हर्षोल्लासमै बिताउने दिनेश श्रेष्ठको योजना छ । उनले विगत वर्षहरुमा कोरोनाका कारण बाक्लो जमघट हुन नपाएकाले यसपाली भने वितेका २ वर्षको तुलनामा दशैँमा पारिवारिक जमघट बाक्लो हुने अपेक्षा राखेका छन् । 

साथमा, दशैँ जस्तो चाडमा पनि बजारमा ब्यापारिक गतिविधि अपेक्षाकृत नभएको चिन्ता पनि उनलाई छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved