आजबाट सबै सार्वजनिक सवारी जुन रुटमा पनि चल्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 12:51:26 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँमा घर फर्किने सर्वसाधारणका लागि लक्षित गर्दै सरकारले आजबाट देशभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । असोज २३ गतेसम्म लागू रहने गरी आजबाट जुनसुकै सार्वजनिक सवारी जुनसुकै रुटमा पनि चल्न पाउने गरी रुट परमिट खुलाइएको हो । 

यातायात व्यवस्था विभागले बाटो (सडक) का कारण भारबहन क्षमता तोकेर निषेध गरिएका आकार र प्रकारका सवारीसाधन बाहेकलाई आजबाट देशभरका रुटमा परमिट दिईएको जनाएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसपाली दशैँमा काठमाडौँ उपत्यकाबाट २० लाख बढी मानिसहरु बाहिरिने अनुमान गरिएको बताएका छन् । 

दशैँका लागि यात्रुबाहक सवारीसाधनले पहिलो प्राथमिकता पाउने भएपछि अति आवश्यक सामान बोक्नेबाहेक सवारीसाधनलाई निषेध गरिएको छ । विभागले असोज १५ बाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म ठूला मालबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved