चेम्बर अध्यक्ष मल्लको दशैँ योजनाः शक्तिपीठहरुको दर्शन गर्ने, घुम्न कतै नजाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 01:38:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बडादशैँ सुरु भएको छ । घटस्थापनाको दिन जमरा राखेपछि दशैँ सुरु भएसँगै उद्योगी व्यवसायीहरु आफ्नो दैनिकीबाट पारिवारिक जमघटमा व्यस्त हुन थालेका छन् । पूजाआजा र दशैँ लक्षित दैनिकीमा उद्योगी व्यवसायीहरु व्यस्त देखिन थालिसकेका छन् ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल दशैँमा ९ वटै शक्ति पीठहरुको दर्शन गर्ने योजनामा छन् । उनी घरमै पनि दशैँको अवधिभरी देवीको पूजाआरधना गर्ने गर्छन् । 

दशैँमा देखिने केही फुर्सदको समय कतै घुमफिर गरेर कटाउने उनको योजना छैन ।

‘घरमै बस्ने, मन्दिर दर्शन गर्न जाने गर्छु’ मल्लले बिजपाटीसँग भने, ‘म आजसम्म दशैँको बिदाको अवसर पारेर विदेश घुम्न गएको छैन, दशैँ भनेको विदेशमा रहेका दाजुभाइ दिदीबहिनी पनि आफ्नो देशमा फर्किने चाड हो । यस्तो बेलामा हामी यहाँ भएका मानिसहरु यहीँ बस्नुपर्छ, विदेश घुम्न जाने भए अरु बेलामा जानुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ ।’

सँगै, उनी ९ वटै शक्तीपीठको दर्शनमा निस्कदै छन् । यो उनको हरेक वर्षको दशैँमा जारी रहन्छ । हरेक वर्ष जस्तै यसवर्ष पनि उनी घरमै देवी स्थापना गरेर पूजा गर्दैछन् । 

‘सिधा सिधा भन्दा दशैँ घरपरिवार र आफन्तसँग बसेर मनाउने हो, बाहिर कतै जाने योजना छैन’ मल्ल थप्छन्, ‘देवीको पूजा गर्ने हाम्रो परम्पराअनुसार पूजा आरधना आफैँले गर्छु । वर्षभरी व्यवस्ताले गर्दा आफन्तसँग नियमित कुराकानी हुन पाउँदैन, यहीँ दशैँको अवसरमा आफन्तसँग रमाउने पनि हुन्छ । दशैँ भनेको परिवार, दाजुभाई र आफन्तसँगै बसेर मनाइने चाड हो, मैले पनि त्यसरी नै मनाउँछु ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved