आईसीएफसीका सीईओ पन्तको दशैँ योजनाः आफैँले मासुका परिकार बनाएर खाने र खुवाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 03:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ तिहार जस्ता चाड भनेको बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृतहरुका लागि परिवार मिलनको एउटा शुभ समय बन्ने गरेको छ । अरु बेला निकै व्यस्त हुने प्रमुख कार्यकारी अधिकृतहरु दशैँक बेला भने परिवार र आफन्तसँग रमाउने गर्दछन् ।

यस्तै योजनामा छन् आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त । सीईओ पन्त यसपालीको दशैँले गएको २ वर्षको भन्दा रौनकता थप्ने बताउँछन् । किनकी, गएका २ वर्ष कोरोनाका कारण खासै दशैँमा उल्लास थिएन ।

‘कोरोना महामारीका कारण विगतका वर्षमा खासै खुलेर दशैँ तथा तिहार मनाउन पाइएको थिएन, प्रायः घरमै नजिकका आफन्तसँग मात्रै मनाइएको थियो’ सीईओ पन्त स्मरण गर्दै भन्छन्, ‘यसपाली भने आफन्त, मान्यजन, नातागोता, साथीभाइ सबैसँग भेट हुन्छ । समग्रमा वितेका २ वर्षको भन्दा यसपालीको दशैँ रमाइलोसँग बित्नेछ ।’

नवरथा लागेपछि विभिन्न देवीका मठ मन्दिरमा गएर पूजा आरधना गर्ने योजना पनि उनी छन् । 

सँगै, मुलुकमा देखिएको आर्थिक मन्दी र सर्वसाधारणको क्रयशक्तिमा आएको ह्रासका कारण दशैँ मनाउन केही कठिन भने देखिएको उनको बुझाई छ । 

‘आर्थिक क्रियाकलापमा आएको मन्दीले व्यपार व्यवसायमा निकै असर परेको छ, मानिसको क्रय क्षमतामा निकै ह्रास आएको छ’ सीईओ पन्त थप्छन्, ‘आर्थिक क्षेत्रमा मन्दी आएकाले सबैलाई चाडपर्व मनाउँदा किफयती ढंगले मात्रै खर्च गर्न सुझाव पनि दिन चाहन्छु ।’

सीईओ पन्तले दशैँमा परिवारसँगै बसेर रमाइलो गर्ने योजना रहेको बताएका छन् । घुमफिरमा बाहिर जाने भन्दा पनि दशैँको लागि भनेर बाहिर रहेका आफन्तहरु पनि फर्किएर आउने भएकाले उनीहरुसँग रमाउनुपर्ने उनको बुझाई छ ।

‘दशैँमा आफन्त साथीभाई जो विदेशमा वा अन्य ठाँउहरुमा कामको सिलसिलामा जानु भएको छ, उहाँहरु पनि चाडवाडमा आफ्नो जन्मथलो फर्किने गर्नुहुन्छ । त्यसैले दशैँको बेलामा सबैसँग भेटघाट हुने भएकाले गाउँ घरमै बसिन्छ’ उनी थप्छन् ।

तुलनात्मक रुपमा दशैँमा लामो बिदा हुने आफुलाई मन परेको साकाहारी तथा मांशाहारी खानेकुरा बनाएर परिवारसँगै बसेर खाने र रमाइलो गर्न सकिने भएकाले पन्तले आफन्तसँग रमाउने यो उपर्युक्त समय भएको बताएका छन् । 

उनलाई मासुका विभिन्न परिकार आफैँले बनाएर खान मन पर्छ ।

‘मेरो विचारमा दशैँमा अन्य स्थानहरुमा घुम्न जानु भन्दा आफ्नो जन्मथलोमा गई आफ्नो परिवार र इष्टमित्रहरुसँग भेटघाट गरी नजिकमा तिर्थस्थल तथा रमणीय स्थानहरुमा घुमफिर गर्ने योजना छ’ पन्तले आफ्नो दशैँ योजना सुनाए ।

उनले दशैँको बिदामा वा अरु समयमा घुम्न निस्कन चाहनेहरुका लागि सुस्ताएको पर्यटनलाई उर्जा प्रदान गर्न पर्यटकीय हिसाबले सम्भावना रहेका सम्भावित क्षेत्रहरुमा सरकारले आवश्यक पूर्वाधारहरु र शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने उनको सुझाव छ । 

साथै, नेपाली गन्तव्यहरुको विश्वव्यापी प्रचारका लागि सामाजिक सञ्जाल लगायतका डिजिटल प्लेटफर्म प्रयोग गर्नुपर्ने सुझाव पनि पन्तले दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved