आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 08:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट काठमाडौँ उपत्यकामा खसीबोकाको स्वास्थ्य परीक्षण सुरु हुने भएको छ । पशुसेवा विभागले दशैँलाई लक्षित गरी उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । 

५० जना पशु चिकित्सकको टोलीले दशैँको नवमीसम्मै खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । 

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको खसीबोकाको सिङमा रातो रङको स्टिकर लगाइने बताए ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण गरिनेछ । दशैँमा काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved