दशैँ हाम्रा लागि परिवार मिलनको समय होः अन्जन श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 10:19:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का बस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने पहिला उम्मेदवार हुन् । उनले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेर तयारी सुरु गरेको लामो समय भइसक्यो । जोशिला र फुर्तिला युवा उद्यमी व्यवसायी अन्जन श्रेष्ठ विरासतको भन्दा पनि आफ्नै बलले स्थापित नाम हो ।

पोखराबाट उदाएर देशकै प्रतिष्ठित कर्पोरेट हाउस बनेको लक्ष्मी ग्रुप हाँकिरहेका अन्जन श्रेष्ठ उत्पादनदेखि ट्रेडिङ ब्यापारमा जमेको नाम हो । विश्व चर्चित हुण्डाई गाडीको बिक्रेतादेखि फलामे डण्डीको उत्पादन लगायतका दर्जनौँ क्षेत्रमा लक्ष्मी ग्रुपको लगानी छ । 

बस्तुगत क्षेत्रमा आफ्नो राम्रो पहुँच र जिल्ला नगरमा पनि उत्तिकै समर्थन रहेको बताउने अन्जन श्रेष्ठ दशैँको बिदाको समयमा यसपाली कतै घुम्ने नभई पोखरामा परिवारसँग बसेर दशैँ मनाउने योजनामा छन् । बिजपाटीसँगको कुराकानीमा उनले पोखरामा परिवारसँगै बसेर विगतका वर्षहरुमा जस्तै यसपाली पनि हर्षोल्लासका साथ दशैँ मनाईने बताए ।

‘हाम्रो हरेक दशैँ पोखरामै हुन्छ, हाम्रो मूल घर पोखरा भएकाले हामी अघि–पछि जो जता पुगेपनि दशैँमा चाहिँ अनिवार्य रुपमा पोखरामै भेला हुन्छौँ’ श्रेष्ठले भने, ‘नवदूर्गा लागेपछि काठमाडौँमा रहुन्जेल काठमाडौँका भगवती मन्दिरहरुको दर्शन गर्छु, पोखरा गएपछि पोखराकै भगवती मन्दिरहरुको दर्शन गर्छौँ ।’

उनले दशैँलाई परिवारका सदस्यहरुको मिलन हुने अवसरका रुपमा लिइने पनि बताए । दशैँमा श्रेष्ठ परिवारका अधिकांश सदस्यहरु सँगै हुन्छन् । 

‘मेरा २ जना भतिज र भतिजी अध्ययनको लागि विदेशमा छन् अहिले, बाँकी २०/२२ जना सबै दशैँमा पोखरामा भेला हुन्छौँ’ अञ्जनले भन्छन्, ‘हाम्रो त ठूलो परिवार पो छ त ।’ 

उनले दशैँ भनेको वर्षभरीको थकान मेटाएर परिवारसँग रम्ने अवसर भएकाले दशैँमा आफू र आफ्नो परिवार सधैँ पर्यटकीय नगरी पोखरामा भेला हुने गरेको र यो सधैँ कायम राख्ने बताएका छन् । 

दशैँको अवसरमा कतै घुमफिरमा निस्कने योजना नभएको तर, पोखरा आफैँमा नेपालको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य भएकाले आफ्नै ठाउँ घुम्ने अन्जन बताउँछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved