दशैँ घरमै मनाउँछु, दशैँपछि चुनावमा उम्मेदवार बन्ने उद्योगी व्यवसायीलाई समर्थन गर्न जान्छुः सांघाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2022 | 12:34:37 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी व्यवसायीहरु तुलनात्मक रुपमा व्यस्त हुन्छन् नै । सँगै, उनीहरुले अरु पेशा व्यवसायमा संलग्न व्यक्तिहरुले जसरी परिवारलाई समय दिन पनि सकिरहेका हुँदैनन् । 

त्यसैले यसपालीको बडादशैँमा उद्योगी व्यवसायीहरुले परिवार र आफन्तजनसँग रम्ने योजना बनाएका छन् ।

हामीले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार दशैँमा के गर्दैछन् भन्ने श्रृङ्खला सुरु गरेका छौँ । श्रृङ्खलामा रामचन्द्र सांघाईः

हाल एसोसियट उपाध्यक्ष रहेका रामचन्द्र सांघाई पनि आगामी साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष हुँदै अर्को पटक स्वतः अध्यक्ष बन्ने लक्ष्यमा छन् । एसोसियटबाटै महासंघ हाक्ने विगतको परम्परालाई निरन्तरता दिने लक्ष्यका साथ उनी वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने होडमा लागेका छन् ।

उपाध्यक्ष सांघाईको पनि यसपालीको बडादशैँमा घुमफिरको खासै योजना छैन । परिवारसँगै बसेर आशिर्वाद लिने र दशैँको समय पूरै परिवारलाई दिने योजनामा सांघाई देखिएका छन् । 

‘दशैँ भनेको ठूलाबडासँग साथमा बसेर उहाँहरुको आशिर्वाद लिने चाड हो, परिवारसँगै रहने भन्नेमा छु’ उनले भने, ‘त्यस्तो योजना बनेको खण्डमा परिवारसहित नेपालको कुनै राम्रो ठाउँमा घुम्न जान पनि सकिन्छ । तर, अहिले नै योजना बनिसकेको छैन ।’

उनले दशैँ लगत्तै महासंघको कार्यसमितिको बैठक पनि तय भएकाले लामो समय घुमफिरमा बाहिर बस्ने अनुकुलता यसपटक नभएकाले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्ला नगरका व्यवसायीहरु सिफारिस भएर आएकाले उनीहरुलाई सहयोग, समर्थन र शुभकामना दिने काम हुने बताएका छन् । सँगै, दशैँपछि को उम्मेदवार बन्छ बन्दैन भन्ने पक्का पनि भइसक्ने भएकाले उम्मेदवार बनेका उद्योगी व्यवसायीहरुलाई समर्थन गर्न सकेसम्म सम्बन्धित जिल्लामै पुग्ने सांघाईको लक्ष्य छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन पश्चात भने महासंघकै निर्वाचनका क्रममा एकैपटक देशभरी घुमफिर गर्ने योजनामा सांघाई देखिएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved