द्वन्द्वकालमा गाउँमा दशैं मनाउन पाइँदैनथ्यो, शान्ति स्थापनापछि पुर्ख्यौली घरमै गएर मनाउछौं : प्रकाशराज शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 01:25:02 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको साझा संस्था हो लघुवित्त बैंकर्स संघ । लघुवित्त बैंकर्स संघका अध्यक्ष छन् लक्ष्मी लघुवित्तका सीईओसमेत रहेका प्रकाशराज शर्मा । 

अध्यक्ष शर्माका लागि दशैँ भनेको वर्षभरीको थकान मेटाउने र परिवारसँग रमाउने अवसर हो । त्यसैले त उनी दशैँमा आफ्नी आमाको हातबाट टीका र आशिर्वाद ग्रहण गर्न दाङ जान्छन् । यसपाली पनि उनी दाङ जाँदैछन् । 

‘हाम्रो ठूलो परिवार छ, हाम्रो घर दाङको महुली गाउँ हो । दाङमा गएर ठूलाबडाको हातबाट टीका ग्रहण गर्छु’ शर्मा भन्छन्, ‘गाउँका मान्यजनसँग रमाउने एउटा ठूलो अवसर हो ।’

धार्मिक पर्यटनमा रुची भएका शर्मा धार्मिक तीर्थस्थलहरुको भ्रमणमा निस्कने योजनामा पनि छन् । कोरोनाका कारण २ वर्ष घुमफिरमा निस्कन नपाएकाले यसपाली ज्योतिर्लिङ्गमध्येको एक दक्षिण भारतमा अवस्थित मन्दिरको दर्शनमा स–परिवार जाने योजनामा शर्मा छन् । 

‘मलाई धार्मिक पर्यटनमा रुची छ, २ वर्षदेखि घुमफिरमा निस्कन पाएको छैन, यसपालीको दशैँको छुट्टिमा दक्षिण भारतको ज्योतिर्लिङ्ग दर्शनमा जाने सोच छ’ उनले बिजपाटीसँग भने, ‘मेरो सानो नाती छ, उसलाई नयाँ ठाउँ देखाउन पनि पाएका छैनौँ । त्यसैले यसपाली श्रीमीत र छोरा बुहारीसहित सानो नातीलाई लिएर दशैँको टीका सकिएपछि त्यता जाने सोच छ ।’

उनले कोभिड अगाडी दशैँको समयमा धेरै गन्तव्यको भ्रमण गरेको स्मरण पनि गरे । विशेष गरी नेपाल र भारतका धार्मिक गन्तव्यहरुको भ्रमण र दर्शनमा उनको शर्माको विशेष रुची छ ।

‘बैंकिङ क्षेत्र भएकाले अरु बेला हुने गोष्ठी तथा तालिमहरुका बेला नजिकका धेरै गन्तव्य घुमेको छु, पोखरा लगायतका ठाउँहरु धेरै पटक पुगेको छु’ शर्मा स्मरण गर्छन्, ‘कुनै बेला चाड मनाउन घर जान सक्ने अवस्था पनि थिएन, अहिले कम्तीमा जन्मथलोमै पुगेर आमा र गाउँका मान्यजनसँग बसेर टीका र आशिर्वाद ग्रहण गर्ने गरेका छौँ ।’

द्वदको समयमा पश्चिम नेपाल धेरै प्रताडित बनेको थियो । त्यसको प्रभाव दाङमा पनि पर्यो । त्यसैले धेरै वर्ष प्रकाशराज शर्माको परिवारले गाउँमा जम्मा भएर दशैँ मनाउन पाएनन् । 

‘द्वन्दको बेला हामीले घर (महुली गाउँ)मा गएर दशैँ मनाउन पाएनौँ, त्यसबेला सदरमुकामतिर मनाउँथ्यौँ’ शर्मा स्मरण गर्छन्, ‘शान्ति स्थापनापछिका वर्षहरुमा भने अब द्वन्द छैन भनेर डर भगाउँदै गाउँमा दशैँ मनाउन जान थाल्यौ । अहिले पुर्ख्यौली घरमै दशैँ मनाउँदै आएका छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved