सुमार्गीको दशैँ योजनाः गोरक्षश्वर धाममा बैशाखमा यज्ञ लगाउन बिदा भरी तयारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 12:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सस्दय अरुणराज सुमार्गी जिल्ला नगर उपाध्यक्षमा चुनाव लड्ने गरी आन्तरिक गृहकार्य गरिरहेका छन् । संस्थापन पक्षबाटै महासंघमा प्रवेश गराइएका सुमार्गी अहिले पनि आफूलाई संस्थापन समूहकै उम्मेदवार हुने दाबी गर्छन् । 

गत निर्वाचनमा शेखर गोल्छाले समर्थन गरेको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी यसपाली पनि संस्थापन पक्षबाटै जिल्ला नगर उपाध्यक्षमा चुनाव लड्ने तयारी गरिरहेका छन् । हाल महासंघको कृषि उद्यम केन्द्रका सभापति रहेका उनीसँग हामीले उनको दशैँ तयारीबारे हामीले कुराकानी गरेका छौँ । 

सुमार्गी परिवारले २०८० बैशाख १ गतेबाट मकवानपूरमा ठूलो यज्ञ लगाउँदैछ ।

हरेक पाँच पाँच वर्षमा सबै समुदायका व्यक्तिहरुसँग जमघटका लागि यज्ञ र भण्डारा लगाउँदै आएको सुमार्गी परिवारले राप्ती नदीको तटस्थित गोरक्षश्वर धाममा यज्ञ लगाउँदै छ । यो धामको संरक्षक अजयराज सुमार्गी हुन् । अजय सुमार्गी अरुणका दाइ हुन् ।

त्यसैले सुमार्गी परिवार यसपालीको दशैँमा बाहिर कतै घुम्न नजाने भएको छ । 

‘हामीले ५/५ वर्षमा यज्ञ लगाउँछौँ, यसपाली बैशाख १ गतेबाट ७ दिन लगाउँदै छौँ’ अरुणराज सुमार्गीले भने, ‘जिल्लाभरीका दाजुभाइ दिदीबहिनी सँगको भेटघाटको अवसरका लागि हामी प्रत्येक ५/५ वर्षमा यस्तो यज्ञ लगाउँछौँ । यसपालीको दशैँमा त्यसैको तयारी गर्छौँ, बाहिर कतै घुम्न जाँदैनौँ ।’

उनका अनुसार यज्ञको सुरुमा विशाल र्याली निकालिन्छ । र्यालीमा हिन्दु, बौद्ध, मुस्लिम लगायत सबै धर्म मान्ने महिला दिदीबहिनीहरु सहभागी हुनेछन् । महिला दिदीबहिनीहरुलाई साडी बाँडिन्छ ।

‘हामीले यसरी हजारौँ दाजुभाइ दिदीबहिनीसँग एकैपटक साक्षात्कार गर्छौँ, त्यहाँ थालमा होइन टपरीमा खाना खुवाइन्छ’ अरुणले भने, ‘यसअघि हामीले प्रचण्ड, कृष्ण सिटौला र उपेन्द्र महतोसम्मलाई टपरीमा खाना खुवाइसक्यौँ ।’ 

सुमार्गीले यसपाली दशैँको अवधिमा स–परिवार मिलेर यसैको तयारीमा लाग्ने बताएका छन् । उनको दशैँ हेटौँडामा हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved