तिहारमा भाइमसलाः कुन बस्तुको भाउ कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 20, 2022 | 03:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहारमा अत्याधिक खपत हुने ‘भाइमसला’को मूल्य बढेको छ । भाइमसलाको मूल्य तिहारको मुखैमा बढेको छ । काठमाडौँ उपत्यकासहित देशका सबै क्षेत्रमा भाइमसलाको मूल्य बढेको छ ।

पेस्ता, काजु, किसमिस, अंजीर, ओखर, नरिवल, छोकडा, सुकुमेल लगायतको भाउ बढेको छ । खुर्पनीको भाउ पनि यसपाली गत वर्षको तुलनामा बढेको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले जानकारी दिए ।

कुन बस्तुको भाउ कति ?

तिहारमा बढी खपत हुने मसलामध्ये काजुको भाउ गतवर्षको तुलनामा प्रतिकिलो २ सय रुपैयाँले बढेको छ । गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्रि भएको काजुको भाउ अहिले खुद्रामा १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म पर्छ ।

पेस्ता प्रतिकिलो २ हजार १ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ ।

सुकुमेलको मूल्य भने गत वर्षको तुलनामा १२ सय रुपैयाँ घटेको छ । गत वर्षको तिहारमा प्रतिकिलो ४ हजार २ सय रुपैयाँसम्म पुगेको सुकुमेलको भाउ यसपाली प्रतिकिलो ३ हजार रुपैयाँमा आइपुगेको छ ।

बदाम प्रतिकिलो १ हजार २५० रुपैयाँदेखी १ हजार ३५० रुपैयाँसम्म, किसमिस ५ रुपैयाँ प्रतिकिलोदेखि ६ सय रुपैयाँसम्म र नरिवल प्रतिकिलो ५५० रुपैयाँमा बिक्रि हुँदै आएको छ । 

अंजीर प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र खुर्पानी प्रतिकिलो ७ सय रुपैयाँदेखि ८ सय ५० रुपैयाँसम्म पर्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठको भनाई छ ।

अहिले डलरको भाउ बढेकाले भाइमसलाका रुपमा प्रयोग हुने बस्तु आयात गर्दा डलरमै पैसा तिर्नुपर्ने भएकाले अहिले भाइमसलाको भाउ बढेको व्यवसायीहरु बताउँछन् । तिहारमा समान्यतया, ‘ड्राईफ्रुट्स’ प्रयोग हुने र ड्राईफ्रुट्सको आयात डलरमा हुने भएकाले पनि तिहारमा भाइमसलाका रुपमा प्रयोग हुने बस्तुको भाउ बढेको व्यवसायीहरुको भनाइ छ ।

सबै बस्तु मिसाएर प्याकिङ गरेर तयारी अवस्थामा बजारमा ल्याइने भाइमसलाको प्याकेटमा पनि गत वर्षको तुलनामा प्रति प्याकेट ५० देखि १ सय रुपैयाँसम्म भाउ बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved