जस्मिन पेन्ट्सको चाडपर्व अफर: ४०० जनालाई उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2023 | 01:03:14 PM मा प्रकाशित

laxmi  sunrise bank

जस्मिन पेन्ट्सले चाडपर्वहरुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ  । कम्पनीले २०८० भाद्र १ गाते देखि २०८० मंसिर १५ गते सम्मका लागि ग्राहक लक्षित " रंगिन पल खुशी डबल" ग्राहक उपहार योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरु बाट कम्तिमा रु.७५,०००/- भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरुको खरिद गर्नु पर्ने खरिदा गर्दा एक लक्की ड्र कुपन प्राप्त हुने छ। लक्की ड्र कुपन प्राप्त गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत विभिनन उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ।

जस अन्तर्गत कुल ४०० जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ। जस अन्तर्गत १ जनाले यामाहा Ray Z स्कुटर , ७ जनाले रेडमी १२ स्मार्ट मोबाईल फोन, २० जनाले AQ Fit स्मार्ट वाच,  ४५ जनाले DHI २.८ लिटर इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विजेताको प्रत्यक्ष प्रसारण मार्फत घोषणा लक्की ड्र कार्यक्रम हुने छ । 

कम्पनीले ३० बर्षदेखि  'नेपाली मनको नेपाली रङ्ग' भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved