दशैँको लागि नयाँ नोट सटही कहिलेबाट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 12:41:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट सटही लागि आवश्यक तयारी भइरहेको जनाएको छ । कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे छलफल भइरहेको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लिराम पोखरेलले  कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे आन्तरिक छलफल तथा तयारी भईरहेको बिजपाटीलाई जानकारी दिए । उनका अनुसार अबको एक साता भित्र कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबार निर्णय भइसक्ने छ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैं तथा तिहारका लागि नयाँ नोट सटही गर्दै आइरहेको छ । राष्ट्र बैंकले गत वर्ष असोज २ गतेदेखि नयाँ नोट सटही गरेको थियो । यस पटक दशैँ ढिला भएकोले केहि ढिलो गरेर राष्ट्र बैंकले नोट सटही गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकले गत वर्ष ५६ अर्ब नयाँ नोट सटही गरेको थियो । सामान्यता एक जनालाइ १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने गरेको छ । यसरी नोट सटही गर्दा एक जनाले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्ने गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved