युवाहरु विदेश पलायन हुँदा चाडपर्वको मुखमा पनि ब्यापार छैन : अध्यक्ष श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2023 | 04:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले चाडपर्वको मुखमा पनि बजारमा व्यापार नरहेको बताएका छन् । संघको तेस्रो वार्षिक साधारणसभामा आफ्नो भनाई राख्ने क्रममा अध्यक्ष श्रेष्ठले बजारमा दशैँ तिहार जस्ता ठूला चाडपर्व नजिकिँदा पनि वस्तुको माग नरहेको बताएका हुन् ।

उनले वर्षभरीको एक तिहाई कारोबार हुने सिजनमै व्यवसाय नभएपछि अहिले काठमाडौँसहित देशैभरका उद्योगी व्यवसायीहरु मारमा परिरहेको बताए । 

‘चाडवाडको नजिक आइरहेको छ, तर चाडपर्वको मुखमा पनि व्यापार छैन, न्यूरोड र असनहरुका पसलमा समेत अहिले बोहनी नहुने अवस्था छ’ उनले भने, ‘व्यवसाय ६० प्रतिशत घटेको छ, उद्योगहरु क्षमताको ३० प्रतिशतमा चल्नु परिरहेको छ ।’

उनले कमाउने र खर्च गर्ने उमेरका युवाहरु विदेश पलायन हुँदा त्यसको असर उद्योग व्यवसायमा परेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved