जाउलाखेलमा जुत्ता चप्पल मेला हुँदै, २० देखि ५० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 07:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरमा दशैँको अवसर परेर जुत्ता चप्पल व्यापार मेला २०८० हुने भएको छ ।  आश्वीन १० गते देखि कार्तिक ३ गतेसम्म ललितपुर जिल्लाको जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुन लागेको हो । 

नेपाल जुत्ता चप्पल उत्पादक समुहले मेला गर्न लागेको हो । आर्थिक अवस्था सकारात्मक नभई आर्थिक मन्दीको विषम परिस्थितिमा  उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै  देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त मेला गर्न लागिएको समुहले जनाएको छ ।

आयोजकका अनुसार वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुनेछन् । मेला विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहने र मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन ।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु  रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहने बताईएको छ ।

आयोजकका अनुसार मेलामा नेपाली  र गुणस्तरीय उत्पादन रहनेछन् र नयां उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् । मेला अवधि भर विषेश छुटको व्यवस्था गरिने आयोजकले जनाएको छ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइने आयोजकले उल्लेख गरेको छ ।

मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको र मेलामा निःशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved