सुजुकीको चाडपर्व अफर : 'बाडौ खुसी चढौं सुजुकी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 10:21:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा 'बाडौ खुसी चढौं सुजुकी' स्किम ल्याएको छ । 

यस स्किम अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको १० रुपैयाँ हजार पक्का छुट पाउनेछन् । अथवा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा १५ हजार रुपैयाँ तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा ग्रहाकले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन ।

वा शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष ‘रोड ट्याक्स फ्री’ हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved