दशैँको लागि असोज ३० बाट खसीबोका र च्याङ्ग्रा बिक्री हुने, कति ल्याईदैछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 06:52:00 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंका लागि ३ हजार वटा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । हरेक वर्ष खसीबोका तथ च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष काठमाडौं उपत्यकामा ३ हजार हाराहारी खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको जनाएको छ । 

जसमध्ये करिब २ हजार वटा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएर बिक्री गर्ने  योजना रहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिईन् । उनका अनुसार कम्पनीले खसीबोका तथच्याङ्ग्राहरु असोजको २९ गतेको हाराहारीसम्म काडमाडौं ल्याइसक्ने छ ।  ल्याएको भोलिपल्टदेखि अर्थात् असोज ३० गते देखि बिक्री वितरण सुरु हुने कम्पनीले जनाएको छ । 

सूचना अधिकारी न्यौपानेका अनुसार खसीबोकाहरु मुख्यगरी हेटौडा र दाङको तुलसीपुरबाट तथा च्याङ्ग्राहरु मुस्ताङबाट ल्याइने छ । यस्तै कम्पनीले नेपाली उत्पादनलाई नै प्राथमिकता दिने गरेको पनि उनले बताईन् । तर, उपलब्धता र मूल्यलाई अधार बनाएर यी स्थानबाहेक स्वदेशकै अन्य स्थानहरुबाट पनि ल्याउन सकिने उनले बताईन । उनले भनिन्, ‘यसका साथै हामीले कहाँबाट सस्तो पाउँछ भनेर पनि हेर्नुपर्ने हुन्छ । त्यसकाराण अत्य विकल्प पनि हेरिरहेका छौँ ।’

खसीबोका तथ च्याङ्ग्राको मूल्य भने अहिलेनै तय नभएको उनले स्पष्ट पारिन् । उनका अनुसार बाहिरबाट किनेर काठमाडौं ल्याएपछि मात्र मूल्य निर्धारण हुनेछ । जम्मा लागत कति भयो त्यसका आधारमा बिक्री मूल्य तय हुने उनले बताईन् । तर, कम्पनीको कुनै नाफा कमाउने उदेश्य भने नरहेको उनको भनाई छ । उनका अनुसार कम्पनीले सबै खसीबोका तथ च्याङ्ग्राहरु एकै पटक ल्याउँदैन् । मागका आधारमा संख्या घटबढ हुन सक्ने उनको भनाई छ।

उनका अनुसार गत वर्ष कम्पनीले १६ सय १५ वटा खसीबोका तथ च्याङ्ग्रा बिक्री वितरण गरेको थियो । १६ सय २५ वटा ल्याएकोमा १० वटा खसीबोका तथ च्याङ्ग्रा भने ल्याउने क्रममा मरेका थिए । पोहोर १६२ वटा च्याङ्ग्रा र १४ सय ५३ खसीबोका बिक्री भएका थिए। गत वर्ष कम्पनीले च्याङ्ग्राको मूल्य प्रति केजी १२ साय ६० र खसीबोकाको मूल्य प्रति केजी ६ सय ८० रपैयाँका दरले तोकेको थियो । 

बाहिरबाट ल्याएर काठमाडौंमा राख्दा खसीबोका तथ च्याङ्ग्राहरुका लागि गोदावरीबाट घाँस–पात ल्याएर ख्वाउने गरेको सूचना अधिकारी न्यौपानेले बताईन । यसपटक पनि गोदावरीको एउटा वन कार्यलयसँग सम्झौता भइसकेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved