स्याङ्जामा चाडपर्व लक्षित बजार अनुगमनबाट ४ लाख राजस्व संकलन

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Oct 03, 2023 | 06:17:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले  गरेको चाडपर्व लक्षित बजार अनुगमनाका क्रममा दर्जनौ फर्महरू कारबाहीमा परेका छन् l चाडपर्वमा हुन सक्ने कालोबजारी तथा ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा जिल्लाका  ६ वटा पालिकामा बजार अनुगमन गरेको हो l

बजार अनुगमनबाट मूल्य सूची नराखेका, बिला बिजक जारी नगरेका, म्याद गुज्रिएका सामाग्री बिक्रि वितरण गरेका फर्महरूलाई कारबाही गर्दा  ४ लाख ३५ हजार राजस्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी  पौडेलले जानकारी दिए l चाडपर्व अगावै थप ५ वटा पालिकामा पनि बजार अनुगमन गरिने पौडेलले बताए l 

सहायक प्रमुख जिल्ला अधिकारी  पौडेलको नेतृत्वमा हालसम्म फेदीखोला गाउँपालिका , अर्जुनचौपारी गाउँपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, गल्याङ  नगरपालिका र भीरकोट नगरपालिकामा बजार अनुगमन गरिसकिएको छ l बजार अनुगमनमा घरेलु तथा पर्यटन कार्यालय, उपभोक्ता मंच, नगरपालिकाका कर्मचारी र प्रहरीको समेत सहभागिता हुने गरेको छ l 

बजार अनुगमनका क्रममा चापाकोटमा सबैभन्दा बढी २ लाख ९० हजार राजस्व संकलन भएको छ l अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद नाघेका सामान बिक्री वितरण गरेको, बिल विजक जारी नभएको भेटिएपछि  चापाकोटका किसान स्टोर्स, पाठक हार्डवयर, न्यु राधाकृष्ण ट्रेडर्स, सोनी दामाचौर हार्डवेयर र खनाल स्टोर्स कारबाहीमा परेका हुन् l

यसैगरी गल्याङ नगरापालिकाबाट २५ हजार राजस्व संकलन भएको छ l तुलसीभन्ज्याङ साना किसान सहकारीद्वारा संचालित सस्तो पसललाई २० हजार जरीवाना गरिएको छ भने अन्य १ फर्मलाई ५ हजार जरीवाना गरिएको जिल्ला प्रशासनले जनाएको छ l अर्जुनचौपारी र फेदीखोला गाउँपालिकाबाट ५/५ हजार राजस्व संकलन भएको छ l 

यसैगरी सोमबार  भीरकोटमा गरिएको अनुगमनका क्रममा ३ वटा फर्महरू कारबाहीमा परेका छन् l कारबाहीमा परेका फर्महरूबाट १ लाख १० हजार राजस्व संकलन भएको छ l अनुमति नलिई ल्याब संचालन गरेका प्रशन्ना मेडिको फर्मा र सिटी फार्मेसीलाई ५०/५० हजार जरीवाना गरिएको छ l बिल बिजक जारी नगरेको कारण ओम हार्डवयरलाई १० हजार जरीवाना गरिएको छ l उपभोक्ता संरक्षण ऐन २०७५ को बमोजिम फर्महरूलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ l

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved