नयाँ नोट साट्न ४ घण्टासम्म लाइन (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 01:52:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकमा दशैंका लागि नयाँ नोट साट्ने मानिसहरुको लामो लाईन लागेको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यलय परिसरमा करिब एक किलोमिटरको लामो लाईन लागेको हो। 

राष्ट्र बैंकले आज सोमबार बाट नयाँ नोट सटही सुरु गरेकै दिन लामो लाईन लागेको छ ।  लाईनमा बसेको ४ घण्टापछि मात्र नोट सटही गर्न पाएको लाइने बस्नेहरु बताउँछन् ।

मैतीदेवीदेखि आएकी शान्ति महर्जनले लाईनमा बसेको ४ घन्टापछि मात्र नोट सटही गर्न पाएको बताईन्। बिहान सात बजेबाट लाईनमा बसेको बताउँने महर्जनले  करिब १२ बजे मात्र नोट साट्न पाएको उल्लेख गरिन्। 

त्यसैगरी, कपन देखि आएर बिहान सात आठ बजेदेखि लाईनमा बसेका पुष्पराज श्रेष्ठले ४ घण्टा लाइन बस्दा पनि नोट सटही गर्न नपाएको बताए छैनन् । उनी १२ बजेसम्म लाईमा नै थिए । 

यता, त्रिपुरेश्वरबाट आएका दिपक अधिकारीले भने लाईमा धेरै समय बस्न नपरेको बताए । उनले क्यूआरबाट भुक्तानी गरेर नोट सटही गरेकाले छिटो भएको बताए। उनले लाईनमा बसेको आधा घण्टा नै नोट सटही भएको बताए । 

राष्ट्र बैंकले क्यूआरबाट भुक्तानी गर्नेकालागि छुट्टै लाईन लगाएको छ ।  ५ वटा काउन्टरबाट नयाँ नोट सटही गरीरहेको राष्ट्र बैंकले जनाएको छ । बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही गरिदिने गरेको छ ।

हेर्नुस् फोटोफिचर :


फोटो: सीता बुढाथोकी/बिजपाटी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved