ज्यान मार्ने धम्किलाई बेवास्ता गर्दै निरन्तर बजार अनुगमनमा विभाग

सीता बुढाथोकी

सीता बुढाथोकी

Oct 16, 2023 | 02:41:47 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले चाडपर्व विशेष अनुगमन गरीरहेको छ । विभागले ७ ओटा टोली खटाएर दैनिक अनुगमन गरिरहेको छ । 

१० वटा टोली गठन गरेको भएपनि सदस्य संख्या अपुग भएकोले  ७ ओटा टोलीले मात्र अनुगमन गरिरहेको विभागका निर्देशक आनन्दराज पोखरेलले बताए । “अनुगमन टोली घटेको छ । दश ओटा टोली फर्मेसन भए पनि संख्या घटेर अहिले ७ ओटा  सम्म छन् । अहिले हामीले थोक बजार केन्द्रित अनुगमन गरेको भएर पनि टोली संख्या घटेको हो,” उनले भने,“पहिला चाँहि हामी खुद्रा देखि थोक सबैतिर जान्थ्यौ, अहिले थोक बजार केद्रित भएर बजार अनुगमन गरिरहेका छौँ ।”

बजार अनुगमनमा संयुक्त अनुगमन टोली नै खटेको छ । अनुगमनका लागि विभिन्न विभागहरुबाट सदस्य हरु आएका छन् । साथै वाणिज्य विभागका कर्मचारीहरु पनि रहेको पोखरेलले बताए । 

बजार अनुगमनका लागि समय नतोकीएको उनको भनाई रहेको छ । “धेरै जस्तो दिनमै हुन्छ तर आवश्यकता अनुसार जति बेला पनि जान सक्छन् । तर, निश्चित समय चाँहि तोकेको छैन,” पोखरेलले भने । 

सरकारले अनुगमनमा खटिएका टोलीहरुलाई खाजा खर्चको लागि १ जना बराबर ५०० बजेट राखेको छ, तर, अहिले सम्म भुक्तानी नभएको पोखलेरले बताए ।  

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा पनि अनुगमन टोलीलाई खाजा खर्च छुट्याएको थियो । तर, भुक्तानी भने गरेको थिएन । यो वर्ष पनि के गर्छ थाहा नभएको उनले बताए । “त्यो खर्च पाउनको लागि खटिएका टोली सदस्यहरुले एउटा फारम भरेर सहि छाप गर्नुपर्ने हुन्छ । जो त्यो टोलीमा उपस्थित छन् उनीहरुलाई दिनको ५०० को दरले खाजा भत्ता पाउने व्यवस्था छ ,” उनले भने,“ तर, गत आर्थिक वर्षमा पाएनन् । त्यहि भएर यो वर्ष पनि के हुन्छ थाहा छैन,” । 

अहिले बजार अनुगमनको क्रममा खटिएका टोलीहरुलाई विभिन्न दबाबहरु आउन थालेका पोखरेलको भनाइ छ । “अनुगमनमा खटिएका टोलीहरुले फिल्डमा नै सम्बन्धित प्रहरी चौकी सँग अवश्यक पर्दा समन्वय गर्ने गर्छन् ।  अहिले अनुगमनमा खटिएका टोलीहरुलाई विभिन्न दबाबहरु आउन थाल्यो भनेर हाम्रा अनुगमन टोलीहरुले भन्ने गरेका छन्,” उनले भने, “अहिले हामीले अनुगमनमा जाने टोलीहरुलाई चाँहि अनिवार्य रुपमा प्रहरी चौकी सँग समन्वयन गरेर काम गर्नु होला भोली केहि भौ हाल्यो भने अप्ठ्यारो पर्न सक्छ भन्ने गरेका छौँ । ”

उनले थपे 'अहिले सम्म त्यस्तो घटना केहि भएको छैन । तर तर्साउने धम्काउने चाँहि गर्ने गरेका छन् । '

उपभोक्ता ऐनको दफा ३९ मा विभागले कुन पसललाई कति नगद जरिवान गर्ने भन्ने बारे उल्लेख गरिएको उनले बताए । “त्यहि अनुसार नै कार्य गरिरहेका छौँ । करिब ५ हजार देखि सुरु भएर ३ लाख सम्म जरिवानाको रेन्च तोकेको छ,” उनले भने । 

जरिवानामा परेकाहरुले ७ दिन सम्म जरिवाना बुझाई सक्नु पर्ने हुन्छ । जरिवाना तिर्नलाई अटेरी गर्दा पनि विभागले केहि दिन सम्म फलोअप नै गर्छ र फलोअप गर्दा पनि भएन भने सिल गर्न पाउने प्रावधान कानुनमा रहेको छ ।  हुँदै भएन भने चाँहि सिल गरिदिने गरेको पोखरेलको भनाई छ । 

विभागले काठमाडौँ भित्र चाँहि एकचोटी सचेत गराईएका हकमा फेरि पनि गएर अनुगमन गरेको छ । अनुगमनकै क्रममा विभागले धेरै ठाउँमा विलिङको समस्या भटिएको पोखरेलले बताए । “अनुगमनमा भेटिएको एउटा समस्या भनेको विलिङको समस्या हो । विक्रि कर्ताले विक्रि गर्दा पनि बिल नकाट्ने र खरिद गरेको बिलहरु पनि नराख्ने भएकाले विलिङमा समस्या देखेका छौँ,” उनले भने, “अर्को समस्या भनेको अनुगमन टोलीहरुलाई तलाई मार्छु भन्ने सम्म धम्कि आउने गरेको छ ।”

अनुगमन प्रभावकारी नभएको गुनासो आएको पनि उनी स्वीकार गर्छन् । बजार अनुगमन धेरै गर्दा पनि रिजल्ट परिवर्तन नआएका कारण मानिसहरुले नराम्रो कमेन्ट गर्ने गरेको पोखरेल स्वीकार्छन्। “रिजल्टमै परिर्वतन चाहने हो भने चाँहि कानुनी व्यवस्था नै परिर्वतन गर्नु पर्दछ । हामीले गर्ने भनेको जरिवाना मात्र हो,” उनले भने । 

कर्मचारी नभएका कारण आपुर्ति विभागले अनुगमनका लागि टोली सबै व्यवसायीक फर्महरुमा पुग्न नसकेको उनले बताए । उनका अनुसार विभागले जरिवाना गरेका करिब ६० प्रतिशत फर्महरुले सुधार्ने गरेका छन् । 

उनका अनुसार विभागले उपभोक्तालाई दुरसञ्चारको माध्यमबाट सचेत गराइरहेको छ । अब छिटै कलिङ सिस्टमको पनि व्यवस्था गरिरहेको उनले बताए । पोखरेलले उपभोक्तालाई सामान किन्दा सामानबारे बुझेर मात्र सामान किन्न अनुरोध गरेको छ । विभागले दशैँ, तिहार तथा छठ पछि देशभरिका विद्यालयमा विद्यार्थीहरुलाई उपभोक्ता सचेतना सम्बन्धि कार्यक्रमहरु गर्ने जनाएको छ । 

निर्देशक पोखरेलका अनुसार  विभागले चार्डपर्वबाहेक वर्षै भरि शनिबार पनि अनुगमन गर्ने गर्छ । चाडपर्व विशेष अनुगमन भने सप्तमीको अघिल्लो दिनसम्म हुने र पुर्णिमाको भोलिपल्ट देखि फेरि अनुगमन सुरु हुने पोखरेलको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved