आर्थिक मन्दीको असर: रङ्गको खपत पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 04:14:01 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ तिहारमा आफ्नो घरको रंगरोगन गर्नेको संख्या उच्च हुन्छ । सोहि कारण दशिया तिहार जस्ता मुख्य चाडपर्वको समयमा रङ्गको माग बढ्ने गरेको थियो ।

यस पटक भने आर्थिक मन्दीका कारण रङ्गको खपत घटेको व्यवसायीहरु बताउछन् ।   अघिल्लो वर्षको तुलनामा यो वर्ष रङ्गको खपत कम रहेको एभरेष्ट पेन्ट्सका सञ्चालक सरोज लुुइटेलले बताए । “अघिल्लो वर्ष भन्दा यो वर्ष आर्थिक मन्दीका कारणले गर्दा रङ्गको खपत कम भएको छ । पेन्ट्स कम्पनी मात्र नभएर इन्डस्ट्री  सेक्टरनै ३० प्रतिशत घाटामा छ,” उनले भने । 

नयाँ घरहरु नबनेका कारण पनि पेन्ट्स कम्पनीहरु घाटामा गएको उनी बताउछन् । “ गत वर्ष देखि नै नयाँ घरहरु बनेका छैनन् । घर तयार नहुनु भनेको कलर सेक्टरमा असर पर्ने कुरा हो । अहिले मानिसहरुले रि पेन्ट गर्ने भएर मात्र पेन्ट्स कम्पनीहरु चलीरहेका छन्,” उनले भने, “ अहिले मात्र हैन यसको दिर्घकालीन असर पर्न सक्छ । अर्को वर्ष यसले अझ ठुलो रुप लिन सक्छ । यसको प्रमुख कारण भनेको आर्थिक मन्दी नै हो,” । 

विगत ४–५ वर्ष देखि दशैँमा मात्र रङ्ग गर्ने चलन बदली सकेको लुइटेलले बताए । “ पहिला–पहिला चाँहि मानिसहरुले चाडपर्व आउदा मात्र घरमा रङ्ग लगाउने गर्थे । तर, अहिले त्यो ट्रेड फेरिएको छ । अहिले मानिसले घर बनाउने वित्तिकै घरमा करल लगाएर रङ्गाउने गर्छन्,” उनले भने ।

दक्षिण एसियामा भारतपछि  सबैभन्दा बढी रङ्ग खपत नेपाल मै हुने उनी बताउछन् । “नेपालमा रङ्ग बजार ठुलो छ । तर, दुई तिन वर्ष देखिको आर्थिक मन्दीको असर, जग्गाको कित्ताकाट नभएका कारणले घरहरु नबन्ने भएका कारण सबै सेक्टरलाई असर परेको छ । धेरै चाँहि पेन्ट्स सेक्टर मारमा परेको छ,” उनले भने । 

उनका अनुसार सरकारले आर्थिक मन्दिलाई चलाएमान बनाउन ग्रामिण भुभागमा उत्पादन भएका वस्तुहरुलाई बजारीकरण गर्न जरुरी छ । ग्रामिण क्षेत्रमा मानिसहरुले आफुले उत्पादन गरेका वस्तुलाई  बेचेर नै दशैँमा रङ्ग किन्ने गरेको लुइटेलले बताए । “ग्रामिण क्षेत्रका मानिसहरुले दिन दिनै गाई भौसीको दुध बेचेर, अन्न बेचेर दशैको लागि रङ्ग किनेर झ्याल, ढोका रङ्गाउने गर्थे । तर, अहिले गाइवस्तुमा धेरै प्रकारका रोगहरु आएका कारण र उचित मूल्य नपाएका कारण किसानले त्यो पनि किन्न सकेका छौनन्,” उनले भने, “ग्रामिण क्षेत्रका किसानहरुको पहुच घेरै हुँदैन् । सरकारले गाउँमा उत्पादन भएका वस्तुहरुलाई उचित मूल्य दिएर सहि ठाउँमा व्यवस्थित गर्नु जरुरी छ ।”

जस्मिन पेन्ट्सका सञ्चालक सन्तोष श्रेष्ठ पनि रङ्गको खपत घटेको बताउछन् । आर्थिक मन्दी लगायतका कारणले खपत घटेको उनको भनाई छ ।  यद्यपि मानिसहरुले चाडपर्व बाहेक अन्य समयमा पनि रङ्ग लगाउने गरेको उनी बताउछन् ।  उनी भन्छन्  “मानिसले चार्डपर्वमा मात्र नभएर आवश्यकता अनुसार अघि पछि पनि कलर लगाउने गरेका छन्,” । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved