छोटेलाल रौनियारको दशैँ योजना 'काठमाडौँ मै दशैँ मनाउने, दशैँपछि घुमफिर गर्ने'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 10:50:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अग्रज शेयर लगानीकर्ता छोटेलाल रौनियार यस वर्षपछि काठमाडौँ मै दशैँ मनाउदै छन्। हरेक वर्ष आफैले जमरा राखेर १० दिनसम्म पुजा गर्ने भएकोले काठमाडौँ बाहिर जाने उनको योजना छैन

काठमाडौँ मै रहेका मन्दिरहरुको दर्शन गर्ने उनको योजना छ दशमीको दिनदेखि आफन्तहरु टिका लगाउन आउने भएकोले उनी घर मै रहने बताउछन्

उनका अनुसार आफुले गार्मेन्ट फ्याक्ट्रीको चलाउँदादेखिका साथीभाईहरुको जमघट दशैँमा हुने गर्छ । साथीभाई जमघट हुने भएकोले घर मै रमाइलोको लागि मात्र तास र लंगुरबुर्जा खेल्ने उनी बताउछन्

साथै आफ्नो घरका सबै सहयोगीहरुलाई हरेक वर्ष दशैँमा एक जोर कपडा उपहार दिने भएकोले उनीहरुको लागि शपिंग जाने पनि रौनियारको योजना छ । उनी भन्छन् ' घरको काममा सघाउने सबै सहयोगीहरुलाई हरेक वर्ष दशैँमा दशैँ बोनसको साथ साथ कपडा उपहार दिन्छु, यसले उनीहरुको परिवारमा पनि दशैँ आउँछ, मलाई पनि सन्तुष्टि मिल्छ'

दशैँको टिका लगाउने क्रम सकिएपछि केहि दिनको लागि घुमफिरको लागि काठमाडौँ बाहिर जाने उनको योजना छ


बिजपाटी डटकमले गत वर्षबाट दशैँ विशेष ‘यसपालीको दशैँ’ स्तम्भ सुरु गरेको हो । यस स्तम्भमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग  कुराकानी गरेर उनीहरुले के कसरी दशैँ मनाउने गर्दछन्, उनीहरुको योजना के छन्, भनेर उल्लेख गर्ने गरेका छौँ । यसवर्ष पनि यसैको निरन्तरता स्वरुप हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग कुराकानी गरेर ‘यसपालीको दशैँ’ स्तम्भ प्रकाशन गरिरहेका छौँः सम्पादक ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved