नेपाल वित्तीय संस्था संघको साधारणसभा आह्वान, नयाँ कार्यसमिति चयन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2023 | 08:52:16 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइनान्स कम्पनीहरुको छाता संगठन नेपाल वित्तीय संस्था संघले साधारणसभा आह्वान गरेको छ। संघले भदौ २२ गते शुक्रबार पोखरामा साधारणसभामा आह्वान गरेको हो।

यस साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । हाल संघको अध्यक्षमा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधार छन् । संघको अध्यक्षको रुपमा उनको यो दोस्रो कार्यकाल हो ।

यस्ता छन् संघको सभामा पेश हुने प्रस्ताव: 

१) अध्यक्षज्यूबाट स्वागत मन्तब्य ।

२) महासचिवज्यूबाट वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३) कोषाध्यक्षज्यूबाट प्रस्तुत आ.व. ०७८/७९ र ७९/८० को वासलात, आय-व्यय तथा लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

४)आ.व. ०७९/८० को लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने र आ.व. २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ति एवं निजको पारिश्रमिक निधारण गर्न गर्ने ।

५) वार्षिक सदस्यता नवीकरण शुल्क सम्बन्धमा । 

६) विविध ।

(७) धन्यवाद ज्ञापन

८) नयाँ कार्यसमितिको चुनाव ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved