गोर्खाज फाईनान्सको अध्यक्षमा बुढाथोकी चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 11:51:19 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी सर्वसम्मत चयन भएका छन् । उनलाई सञ्चालक समितिले वैशाख १६ गते देखि लागु हुनेगरी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

कम्पनीको अध्यक्ष रहेका डेकिन्द्र कुमार राईले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका थिए । उनले सञ्चालक सदस्य मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएका थिए । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले उनको राजिनामा स्वीकृत गर्दै अध्यक्ष पदमा बुढाथोकीलाई चयन गर्ने निर्णय गरेको हो । 

बुढाथोकी सर्वसाधारण शेयरधनीको तर्फबाट कम्पनीको सञ्चलकमा चयन भएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved