रियलस्टेटमा पनि सेयर बजारमा जस्तै लगानीको व्यवस्था किन नगर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 10:37:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रियलस्टेटको व्यवसाय निकै फस्टाउँदो छ । सानो क्षेत्रफल भएको हुनाले एउटै जग्गा धेरै पटक किनबेच हुने हुँदा जग्गाको भाउ घट्ने सम्भावना नै नभएका कारण रियलस्टेटका लागि नेपालमा अहिले ‘गोल्डेन टाइम’ रहेको व्यवसायीहरु नै बताउँछन् ।

अनौपचारिक रुपमा हुँदै आएको घरजग्गा कारोबारलाई औपचारिक रुपम दिन जन्मिएका रियलस्टेटहरुको इतिहास भने लामो छैन । तर, २०४० को दशकदेखि केही व्यवसायीहरु हाउजिङको विकास गर्न र तिनमा मानिसहरुलाई राख्न, अपार्टमेन्ट खरिद बिक्रि गर्न ‘डेभलपर’को रुपमा उदाए । 

सेयर बजारमा जस्तै लगानीको व्यवस्था किन नगर्ने ?

रियलस्टेट र सेयर बजार दुबैतिर लगानी गरेकाहरुको अनुभवमा रियलस्टेट क्षेत्रले उल्लेख्य मात्रामा प्रतिफल दिँदै आएको छ । सेयर बजारको तुलनामा रियलस्टेटको क्षेत्र जोखिम अत्यन्तै न्युन तर, प्रतिफल भने उच्च दिने क्षेत्र रहेको रियलस्टेट व्यवसायी हामिद खान बताउँछन् । 

‘नेपालको लागि त रियलस्टेटको गोल्डेन टाइम हो अहिले’ उनी भन्छन्, ‘रियलस्टेटमा पनि सेयर बजारमा जस्तै लगानीको व्यवस्था हुनुपर्छ । सेयर बजारमा चाहिँ आईपीओमार्फत १ हजार रुपैयाँ पैसा हुनेले पनि लगानी गर्न पाउने, रियलस्टेटमा चाहिँ नपाउने ? के एक हजार हुनेले रियलस्टेट क्षेत्रमा लगानी गरेर कमाउन नपाउने ?’

स्मार्ट सिटी, सुरुङमार्ग, फास्ट ट्रयाक लगायतका घोषित पूर्वाधार विकासको काम समयमै सम्पन्न हुने हो भने रियलस्टेट व्यवसाय ‘बुम’ हुने व्यवसायीहरुको दाबी छ ।

‘यदि सेयर बजारमा आईपीओको रुपमा मिनिमम १ हजार लगानी गर्न सकिन्छ भने रियलस्टेटमा कम्तीमा १ लाख लगानी गर्नैपर्ने भन्ने नियम बनाएपनि मान्छेहरु गर्न तयार छन्’ अर्का रियलस्टेट व्यवसायी सन्दीप अधिकारी भन्छन्, ‘अब रियलस्टेट क्षेत्र जबरजस्ती जग्गा भिडाउनेहरुले मात्रै चलाएका छैनन्, यो क्षेत्र पनि प्रोफेसनल्स हुँदैछ । निर्धक्क भएर आम सर्वसाधारणले रियलस्टेटमा लगानी गर्ने वातावरण बन्यो भने रियलस्टेट मार्केट सधैँ बुम हुन्छ ।’

भारतमा छ यसको सफल अभ्यास

नेपालको छिमेकी देश भारतमा रियलस्टेटमा सर्वसाधारणले लगानी गर्न सक्ने व्यवस्था छ । रियल स्टेट इन्भेष्टमेन्ट ट्रष्ट (आरईआईटी) मार्फत भारतमा रियलस्टेट कम्पनीहरुले पनि आईपीओ जारी गर्ने गर्र्दछन् ।

भारतीय रियलस्टेटमा लगानी गर्ने सर्वसाधारणले उल्लेख्य प्रतिफल पाउने व्यवस्था नै गरिएको छ । आएको प्रतिफलको ९० प्रतिशत रकम लगानीकर्तालाई दिने गरिन्छ र बाँकी १० प्रतिशत रकम ट्रष्टको खर्चका लागि छुट्याइन्छ ।

अहिले भारतमा आईटी पार्क, विजनेश पार्क, अफिस पार्क, जस्ता धेरै पार्कहरु बनाउने कम्पनी माइन्ड स्केपले रियल स्टेट इन्भेष्टमेन्ट ट्रष्टमार्फत आईपीओ ल्याउने प्रक्रिया अन्तिममा पुर्याएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved