सरकारकै अनुमतिमा हुण्डीबाट यसरी बाहिरिँदैछ ४ अर्ब ५७ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 12:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारी बढ्दै गएपछि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गरेको थियो । कोरोनाको जोखिम बढिरहेको भन्दै आर्थिक भार पर्ने भनेर २०७६ चैत २४ गतेदेखि सुपारीको आयात पनि रोकिएको थियो । 

तर, २०७७ चैत ९ गतेको मन्त्रिपरिषद बैठकले सुपारीको आयात माथिको प्रतिबन्ध फुकुवा गर्यो । आर्थिक वर्ष २०७७÷०७८ (२०७८ असार मसान्तसम्म) भित्र २५ हजार मेट्रिक टन सुपारी आयात गर्न दिने निर्णय भयो ।

कति मूल्यमा अनुमति ?

वाणिज्य विभागले कति मूल्यमा सुपारीको आयात अनुमति दिईएको हो भन्नेबारे बोल्न अस्वीकार गरेको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले ‘विजनेश इथिक्स’ का कारण मूल्य खुलाउन नमिल्ने बताएका छन् । 

तर, विश्वस्त स्रोतका अनुसार प्रतिटन १ हजार ५ डलरमा आयातको अनुमति दिईएको हो । जबकी, इन्डोनेशीया लगायतका देशहरु (जहाँबाट आयात गरिँदैछ) मा सुपारीको भाउ औसतमा २६ सय डलर प्रतिटनसम्म छ ।

प्रतिटन १ हजार ५ डलरमा अनुमति दिईएको भएपनि नेपाली आयातकर्ताले प्रतिटन २६ सय डलर नै तिर्ने स्रोतको दाबी छ । आजको दिनमा १ डलरको भाउ ११८.२६ नेपाली रुपैयाँ छ ।

हुण्डीबाट भूक्तानी

२५ हजार मेट्रिक टन सुपारी भनेको २ करोड ५० लाख किलो हो । आयातको अनुमति पाएका २२ वटा फर्महरुले एक किलो सुपारीको १२५ रुपैयाँ मात्रै तिनुपर्ने देखिन्छ । तर, तिर्नुपर्ने रकम भनेको प्रतिकेजी ३०८ रुपैयाँ हो । नेपाली आयातकर्ताले प्रतिकिलो सुपारीको ३०८ रुपैयाँ नै तिरका हुन्छन् ।

एक किलो सुपारीको मूल्य ३०८ रुपैयाँ भएपनि १२५ रुपैयाँ मात्रै तिर्ने अनुमति पाएको हुनाले बाँकी रकम हुण्डीबाट भूक्तानी हुने स्रोतले दाबी गरेको छ । एक किलो सुपारीको पैसा तिर्दा १२५ रुपैयाँ देखिने गरी र बाँकी १८३ रुपैयाँ हुण्डीबाट जाने स्रोतले बताएको छ ।

२५ हजार मेट्रिक टन सुपारी आयात हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ हुण्डीबाट विदेशिने स्रोतले बताएको छ । ३ अर्ब १२ करोड ५० लाख भने २५ लाख मेट्रिक टन सुपारी आयात गर्दा तिरेको देखिने (एक किलोको १२५ रुपैयाँका दरले) रकम हो ।

विदेशी मुद्रा सञ्चय गर्न र अभाव हुन नदिन सरकारले विदेश घुम्न जाँदा बोक्न पाउने डलरको सिमा घटाएको छ । केही समय अघिसम्म ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडीको आयात पनि रोकिएको थियो । तर, आवश्यक नै नभएको सुपारी आयातको नाममा अर्बौ रुपैयाँ गैरकानुनी बाटोबाट भूक्तानी गर्नुपर्ने गरी मन्त्रिपरिषदले नै सुपारी आयातको अनुमति दिनु अचम्मको विषयको भएको स्रोतले जनाएको छ ।

हुण्डी अवैध कारोबार हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved