घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 10:57:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मगंलबार  प्रतितोला १ लाख  १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख  १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ७ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४.५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved