आजपनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 10:41:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७ हजार ४० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved