सिनियर क्रुले सामूहिक बिरामी बिदा लिएपछि ७८ भन्दा बढी उडान रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 12:11:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चालक दलका सिनियर क्रुले सामूहिक रुपमा बिरामी बिदा लिएपछि भारतमा मंगलवारदेखि ७८ भन्दा बढी उडान रद्द भएका छन् ।

एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्सका सिनियर क्रुले सांकेतिक विरोध जनाउँदै अचानक बिरामी बिदा लिंदा उडानहरु रद्द भएका हुन् । 

मंगलबार रातिदेखि बुधबार बिहानसम्म ७० भन्दा बढी अन्तरराष्ट्रिय तथा घरेलु उडान रद्द भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जसमा धेरैजसो उडान मध्यपूर्व र खाडी राष्ट्रको रद्द भएको छ ।

बुधबार दिउँसो पनि उडान रद्द हुन सक्ने अनुमान विमान सेवा प्रदायकहरुले बताएका छन् । 

दुवै विमान कम्पनीेले अग्रिम टिकट बुक गरेका यात्रीलाई उडानसम्बन्धी पूर्वजानकारी लिएर मात्र विमानस्थल आउन सूचित गरेका छन् ।

एयर इन्डिया र एयर इन्डिया एक्सप्रेस एयरलाइन्स आपसमा विलय हुन लागेका छन् । जसका कारण दुवै एयरलाइन्सका कर्मचारीहरू आफ्नो जागिर धरापमा पर्न लागेको भन्दै विरोधमा उत्रिएको बताइएको छ  । 

एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमा भनेको छ, ‘हाम्रा सिनियर क्रुको एउटा वर्गले हिजो राति अन्तिम क्षणमा बिरामी भएको सूचना दिएका कारण उडानमा ढिला भयो भने कयौं उडान रद्द गरियो । हामी यो घटनाको पछाडि रहेका कारण बुझ्नका लागि क्रु मेम्बरसँग कुरा गरिरहेका छौँ । यात्रीहरूमा हुने असुविधा कम गर्न हाम्रो टिमले काम गरिरहेको छ ।’ एजेन्सी


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved