हुवावे विरुद्ध अमेरिका थप रुष्ट, चिप्स बिक्री गर्ने लाइसेन्स पनि रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 11:39:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेई टेक्नोलोजिजको लाइसेन्स रद्द गरेको छ ।  अमेरिकी चिप निर्माता कम्पनी इन्टेल र क्वालकमका लागि चिप्स निर्यात गर्न दिएको इजाजतपत्र(लाइसेन्स) खारेज गरेको हो ।

अमेरिकाको वाणिज्य विभागले कुन कुन इजाजतहरू रद्द गरेको हो भन्ने बारेमा स्पष्ट जानकारी दिएको छैन तर हुवावेले इन्टेलद्वारा निर्मित चिपचालित एआई(सक्षम कम्प्युटरको रिलीज पछि यो कदम चालेको हो।

यसबारे बीबीसीले राखेको जिज्ञासामा इन्टेलले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।

सन् २०१९ देखि अमेरिकाले चीनियाँ सेनासँग कथित सम्बन्ध रहेको भन्दै हुवावेलाई कम्प्युटर चिप्स जस्ता प्रविधि निर्यातमा प्रतिबन्ध लगाएको छ।

वाणिज्य विभागले मंगलबार एक विज्ञप्तिमा हुवावेलाई निर्यातका लागि केहि इजाजतपत्रहरू खारेज गरेको उल्लेख गरेको छ तर कुन कुन इजाजतपत्रहरू फिर्ता लिइयो भन्ने विवरण भने खुलाएको छैन । 

हुवावेको मेटबुक एक्स प्रो ल्यापटप गत महिना लन्च भएपछि केहि अमेरिकी सांसदहरूले राष्ट्रपति जो बाइडेनको प्रशासनको आलोचना गरेका थिए।

अमेरिकी व्यापार प्रतिबन्धबाट हुवावेलाई प्रत्यक्ष असर परेको देखिएता पनि हालैका दिनमा भने व्यापारमा पुनरागमन हुन थालेको देखिएको छ । सन् २०२३ मात्र कम्पनीको खुद नाफा एक वर्ष अघिको तुलनामा १४४.५ प्रतिशतले बढेर ८७ बिलियन यूआन अर्थात् १२ बिलियन अमेरिकी डलर पुगेको छ । जसमा आंशिक हिंसा चीनको छ ।

हुवावेको उपभोक्ता व्यवसाय अन्तरगत स्मार्टफोन र ल्यापटपहरू समावेश छन् । एजेन्सी

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved