आजपनि सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 10:47:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । पछिल्लो ४ दिनदेखि सुनको भाउमा कुनै परिवर्तन भएको छैन् । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । यस दिन चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved