थप १२ सय ४ जनामा कोरोना पुष्टि, मृतकको संख्या ४ सय नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2020 | 04:26:33 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार थप १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ६२ हजार ७९७ जना पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ४५ हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १ हजार ४ सय ४७ जना कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार १२९ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय १ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved