कोरोना परीक्षण गर्दै आएका निजी ल्याबहरुले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसकिने बताएका छन् । निजी प्रयोगशालाहरुले सरकारको निर्देशन नमान्ने भन्दै आरटी–पीसीआर टेष्टको ३ हजार ८९९ रुपैयाँ शुल्क लिने घोषणा गरेका हुन् ।
८ वटा निजी ल्याबले संयुक्त वक्तव्य नै जारी गरेर सरकारले तोकेको २ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्न नसकिने बताएका हुन् । वक्तव्यमा स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, सौर्य, डिकोड, इन्ट्राप्रिड र सेन्ट्रल डायगनोस्टिक प्रयोगशालाले हस्ताक्षर गरेका छन् ।