विभागका महानिर्देशकलाई पीडानले भन्यो, ‘औषधि बजारका विकृति रोक्नुपर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 10:01:07 AM मा प्रकाशित

laxmi  sunrise bank

औषधि व्यवस्था विभागका नयाँ महानिर्देशक भरत भट्टराईलाई नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) ले बधाई दिएको छ । विभागको महानिर्देशकका रुपमा भट्टराई आएपछि उनलाई पीडानले बधाई र कार्यकाल सफलताको शुभकामना दिएको हो । पीडानका पदाधिकारीसँगको भेटमा महानिर्देशक भट्टराईले पीडानसँग सहकार्य गर्दै आफूले नेपालको औषधि बजारलाई व्यवस्थित बनाउन लागिपर्ने बताएका छन् । 

पीडानका अध्यक्ष शिव बाँस्कोटा नेतृत्वको प्रतिनिधी मण्डलले महानिर्देशक भट्टराईको कार्यकक्षमा नै पुगेर औषधि बजारमा बढ्दो विकृति रोक्न पहल कदमी लिन अनुरोध गरेको छ । अध्यक्ष बाँस्कोटाले औषधि व्यावसायिको हक, हित र औषधिको सहज आपूर्तिका लागि बजारको चेनअफ कमाण्डलाई पुर्नताजगी दिन आग्रह गरेका छन् । संघका महासचिव गणेश नेपाल, सचिव माधव अधिकारी सल्लाहकार राजेश श्रेष्ठ र प्रवक्ता सुरज पौडेल लगायत उपस्थित थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved