कोरोनाको खोप आपूर्तिको लागि पहल सुरु गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 07:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोनाको खोप आपूर्तिको लागि पहल सुरु गर्ने निर्णय गरेको छ  । सोमबार अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरु वीच कोभिड –१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्न बसेको बैठकले पहल सुरु गर्ने निर्णय गरेको हो ।

दुवै मन्त्रालयका मन्त्री समेत सम्मिलित बैठकले कोभिड – १९ को रोकथामका लागि नागरिकलाई भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा अगाडि बढाउने निर्णय गरेको हो । कोभिड – १९ को विरुद्ध विकास हुने खोप लगायतका अन्य आपतकालिन औषधिको प्रयोगलाइ व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्व प्रकृया अगाडि बढाउने निर्णय समेत भएको छ ।

बैठकले देशभरका स्थानीय तहमा एक साथ आधारभूत अस्पताल निर्माणको शिलान्यास गर्ने निर्णय समेत गरेको छ  । अस्पतालहरुको ड्रइगं डिजाइन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्यास एकैसाथ २०७७ मंसिर १५ गते गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारी मिलाउने निर्णय भएको हो । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच सुनिश्चित गर्न सवै स्थानीय तहमा ५ देखि १५ शैया सम्मका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको अर्थ मन्त्रालयले जनाएको छ।

बैठकले कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयु, एचडियु, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रकृया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र सो को लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने निर्णय गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved