आज सातै प्रदेशको भण्डारणमा पुग्दै कोरोना विरुद्धको खोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 10:09:07 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले नेपाललाई अनुदान स्वरुप दिएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा भण्डारण गरिएको खोप जिल्ला अस्पतालमा आवश्यकताका आधारमा वितरण हुनेछ ।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । 

आज सबै प्रदेशमा खोप पुर्‍याएर आगामी बुधबारबाट खोप लगाउन सुरु गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पताल र काठमाडौं उपत्यकाका १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved