चिकित्सक कुट्ने प्रहरी निलम्बित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 07:38:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार शम्भुजङ्ग गुरुङ कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत वरिष्ठ हवल्दार गुरुङलाई निलम्बन गरेको केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले बताए।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रममा  राष्ट्रपति भण्डारीको सवारीका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो। शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितल निवास फर्कने रुट खाली गराउने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए।

नेपाल चिकित्सक संघले चिकित्सक सिंहलाई कुटपिट गरेको भन्दै भोली आइतबार अत्यावश्यक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा समेत गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved