राष्ट्रपतिको सवारीमा डाक्टरले कुटाई खाएको विरोधमा चिकित्सकआन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 08:39:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् । यसले बिरामीहरू मर्कामा परेका छन् ।

काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा सेवाग्राहीहरु बिहानैदेखि लाइनमा लागेपनि ओपीडी सेवा बन्द भएको भन्दै अस्पतालका सुरक्षा गार्ड तथा कर्मचारीहरुले फर्काइदिएका छन् ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको विरोधमा चिकित्सक संघले आज एक दिन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले देशभरका सरकारी तथा गैरसरकारी र निजी अस्पतालसहित प्रकारका स्वास्थ्य संस्थाहरुमा आज एक दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले भने विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन र नियमित सेवामा फर्किन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले हिजो राती नै विज्ञप्ति जारी गरेर बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved