रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2022 | 03:09:55 PM मा प्रकाशित

laxmi  sunrise bank

रिद्धिसिद्धि सिमेन्टका सञ्चालक राजेश खरेलको निधन भएको छ । उनको फागुन ५ गते ४५ बर्षको उमेरमा निधन भएको हो ।

स्व. खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्रमा उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै योगदान पु¥याउँदै आइरहेका थिए । एक दिर्घकालिन सोच बोकेका सफल यूवा उद्यमी तथा रिद्धिसिद्धि सिमेन्टका सञ्चालक खरेलको स्वर्गारोहनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षति पुगेको कम्पनीले जनाएको छ । 

विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै  गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धिसिद्धि स्थापित भइसकेको छ । 

‘छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा स्व. खरेलको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनिय भूमिका खेलेको छ’ कम्पनीले भनेको छ, ‘यस्ता कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रालि परिवार निकै मर्माहत भएको छ ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved